आज: २०८२ श्रावण २१, बुधबार | Wed, 06, Aug, 2025

प्रधानमन्त्री ओली आइतवार तुर्कमेनिस्तान जाँदै

२०८२ श्रावण १७, शनिबार मा प्रकाशित ( ४ दिन अघि) १८३० पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता

काठमाडौं – १७ साउन ।

प्रधानमन्त्री केपी शर्मा ओली आइृतबार तुर्कमेनिस्तान जाँदै हुने भएको छ ।

तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ भोली त्यसतर्फ प्रस्थान गर्दै हुनु हुन्छ ।

यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट २०२५) सम्म आयोजना हुने उक्त सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उक्त सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सह(अध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

सोही कार्यक्रमको अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ताको कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सङ्घीय संसद्का सदस्य सूर्यबहादुर थापा र उच्चपदस्थ सरकारी अधिकारीहरू पनि सहभागी हुनेछन्।

प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किने कार्यक्रमको सुचि तय भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस