
नारी बाटिका
नारी वाटिका संवाददाता
एजेन्सी
भारतमा उत्तराखण्डको उत्तरकाशी जिल्लामा मंगलबार राति भीषण रुपमा बादल फुटेर ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। उक्त जिल्लामा बादल फुटेर क्लाउडबर्स्ट)को घटनापछि प्राकृतिक विपत्तिमा परी भारतीय सेनाका नौ जना सैनिकहरू बेपत्ता हुन्।
भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल मनीष श्रीवास्तवका अनुसार घटनास्थल उत्तरकाशीको धाराली नजिक खीर गंगा क्षेत्रमा विनाशकारी भग्नावशेष देखिएको छ। घटनापछी अहिले भारतीय सेनाहरु पीडित नागरिकहरूको उद्धार र राहत कार्यमा सक्रिय रूपमा जुटेको छ।
बिबिसीका अनुसार १४ राजपुताना राइफल्सका कमान्डिङ अफिसर कर्नल हर्षवर्धनले करिब १५० सैनिक टोलीको नेतृत्व गर्दै उद्धार कार्यमा खटिएका छन्। तर, सोही युनिटका नौ जना सैनिकहरु अझै सम्पर्क विहिन अवस्थामा छन्। सेनाको शिविर हर्षिल क्षेत्रमा भारी वर्षापछि बगाउँदा उनीहरू बेपत्ता भएको पुष्टि भएको हो।
श्रीवास्तवले बीबीसीलाई थप जानकारी दिँदै भने, “शिविरमा अचानक पानी पसेपछि प्रारम्भिक रूपमा ११ जना सैनिक बेपत्ता भएका थिए। तीमध्ये दुई जनालाई सुरक्षित रूपमा फेला पारिएको छ भने बाँकी नौ जनाको खोजी कार्य भैइरहेको छ।”
साथै सोही दैविक प्रकोपमा फसेका भारतीय सेनाले स्थानीय नागरिकहरूको पनि उद्धार गरिरहेको छ । अहिलेसम्म २० जनालाई सुरक्षित रूपमा उद्दार गरिएको सेनाले जनाएको छ। राहत तथा उद्धार कार्यलाई अझ तीव्र बनाउन थप सेना परिचालन गरिएको छ।







प्रतिक्रिया दिनुहोस