
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -२२ साउन ।
धादिङ जिल्ला ज्वालामुखीका चार मजदुरहरु भारत स्थित उत्तरकाशी धराली, उत्तराखण्डमा केही दिनदेखी वेपत्ता भएका छन् । ज्वालामुखीका चार मजरदुरु भारतको उत्तराखण्डमा केही दिनदेखी सम्पर्क विहिन भएकोले बाढी प्रभावित हुन सक्ने आशंका गरिएको छ ।
ज्वालामुखी गाउँपालिका वडा नं. २, काफलपानी स्थायी घर ठेगाना भई हाल मित्र राष्ट्र भारत स्थित उत्तरकाशी धराली, उत्तराखण्डमा ज्याला मजदुरी गरेर वसेका उनीहरुसँग साउन २० गते घर परिवारसँग कुराकानी भएको र उक्त दिनदेखी उनीहरु सम्पर्कमा नआएको हुंदा उनीहरुका परिवारजनले खोजतलास गर्न थालेका हुन् ।
उनीहरु भारत स्थित उत्तरकाशी धराली, उत्तराखण्डमा वादल फुटेर बाढी आउनु १ घण्टा पछाडि परिवारजनसंग कुरा भएको र त्यसपछी उनीहरु चारैजना सम्पर्क विहिन भएकाले निजहरुको परिवारले खोजतलास गरी दिन प्रहरी चौकी, ज्वालामुखी गाउँपालिका वडा नं.२, मैदीमा निवेदन दिएका छन् ,
साथै निजहरु उक्त बाढी पहिरोबाट प्रभावित भएको हुन सक्ने आशंका गरिएको छ । परिवारजनले नेपाल प्रहरी,जिल्ला प्रशासन कार्यलय,आफन्तजन लगायतमा खोजीको लागी जानकारी गराएका हुंदा खोजतलास गर्न गृह मन्त्रालय मार्फत नेपाली राजदूतावास नयाँ दिल्लीमा धादिङका प्रमुख. जिल्ला अधिकारी सुमन घिमिरेबाट अनुरोध र समन्वय गर्नु भएको छ ।
ज्वालामुखी गाउँपालिका वडा नं. २, काफलपानि ठेगाना भएका खोजी गरिएका व्यक्तिहरु
१.लाल बहादुर तामाङ
२.छोलामा तामाङ
३. फेलामा तामाङ
४ सिंह बहादुर तामाङ रहेका छन्







प्रतिक्रिया दिनुहोस