आज: २०८२ श्रावण २५, आईतबार | Sun, 10, Aug, 2025

उत्तराखण्ड बाढीमा जाजरकोटको एकै पालिकाका १३ जना बेपत्ता

२०८२ श्रावण २३, शुक्रबार मा प्रकाशित ( २ दिन अघि) १०८६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२३ साउन ।
भारतको उत्तराखण्डमा हालै वादल फुटेर आएको भीषण ठुलो बाढीमा जाजरकोटकक एउटै पालिकाका १३ जना बेपत्ता भएका छन्।

जाजरकोट जिल्लाको कुशे गाउँपालिका–२ का १३ जनाभन्दा बढी सम्पर्कमा नरहेको गाउँपालिकाकाले जनाएको छ । यस्तै सोही गाउँपालिकाका अन्य वडाका केही व्यक्तिहरु पनि सम्पर्कमा नआएको जानकारी आएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

पालिका अध्यक्ष बस्नेतले हराएका उनीहरूको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिदिन आग्रह गरेका छन्।

उत्तराखण्डको उत्तरकाशीमा गत मंगलवार वादल फुटेर आएको भनिएको भिषण बाढीमा कति जन धनको क्षति भयो भनेर अझै जानकारी भैसकेको छैन । यद्यपि उक्त बाढीमा कम्तीमा पनि ५० जना बेपत्ता रहेको भारतीय अधिकारीले जनाएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस