आज: २०८२ श्रावण २५, आईतबार | Sun, 10, Aug, 2025

भारतको उत्तराखण्डमा सम्पर्क बिहिन रहेका ज्वालामुखीका व्यक्तिहरु सम्पर्कमा आए

२०८२ श्रावण २३, शुक्रबार मा प्रकाशित ( २ दिन अघि) ३८१४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ २३ साउन ।

भारतको उत्तराखण्डमा हालै आएको भीषण ठुलो बाढीपछी सम्पर्क बिहिन अवस्था रहेका ज्वालामुखी गाउँपालिकाका ४ जना व्यक्तिहरु सम्पर्कमा आएका छन् ।

केही बेरअघि भारतको उक्त बाढी प्रभावित स्थानमा मजदुरी गरी बस्ने धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका ४ घर भएका ४ रै जनाले गाउँपालिकाका अध्यक्ष को सम्पर्कमा रहेको र चार जना ठिक अवस्थामा रहेको भनी जानकारी गराएका हुन् ।

उनीहरु गाउँपालिकाका अध्यक्ष यामनाथ दनैको सम्पर्कमा आएको र अध्यक्ष मार्फत जिल्ला प्रशासन धादिङलाई अहिले भर्खरै जानकारी आएको जनाईएको छ । साथै निजहरुको विषयमा अझै विस्तृत विवरण बुझ्दै रहेको जिल्ला प्रशासन कार्यलय धादिङले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस