आज: २०८२ श्रावण २५, आईतबार | Sun, 10, Aug, 2025

यसरी मनाईयो धादिँङवेशीमा गाईजात्रा पर्व

२०८२ श्रावण २५, आईतबार मा प्रकाशित ( ८ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२५ साउन ।
आज वर्षभरि दिवङ्गत भएका आफना परिवारका सदस्यको सम्झनामा साथै मनशान्तिका लागि गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराई गाइजात्रा मनाउने परम्परागतदेखीको चलन छ ।

विभिन्न धमाशाश्रमा सनातन धर्मालम्विहरुले गाईजात्रा पर्वको महत्व बारे उल्लेख गरेको पाइन्छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृत आत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख गरिएको छ ।

वर्षभरि दिवंगत आफन्तले मोक्ष पाउनको लागी गाईलाई नगर परिक्रमा गराइ आज गाईजात्रा पर्व मनाइएको छ । प्रत्येक भाद्र कृष्णप्रतिपदाका दिन यो पर्व मनाइने गरिन्छ ।विशेषगरी यस पर्व नेवार समुदायले मनाउने गर्दछन् । यससंगै मनोरन्जनात्मक बनाउनका लागी केहीले जोगीको भेष धारण गरेर रंगिविरगी कपडा मुकुण्डो, पेरुङगो, टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजा सहित नगर परिक्रमा गरान्छ ।

नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा खानेकुरा बाँडिन्छ । पछिल्लो समय मुलुकको राजनीति तथा सामाजिक विसंगतिप्रति व्यंग्य गरी पर्व मनाउन थालिएको छ । शहरमा बर्षभरी कतिले आफन्त गुमाए, कति जनालाई शोक प¥यो भनेर देखाउन यो जात्रा निकाल्ने गरिएको विश्वास गरिन्छ ।

गाइजात्रा उपत्यकाका तीन शहर काठमाडौं, ललितपुर, भक्तपुरका साथै बनेपा, त्रिशुली, धादिङ, दोलखा, ओखलढुंगा, खोटाङ, भोजपुर, संखुवासभाको चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौडा र पोखरा लगायतका शहरमा पनि यो पर्व मनाइन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस