आज: २०८२ श्रावण ३०, शुक्रबार | Fri, 15, Aug, 2025

रास्वपा नेता मोहन थापा अमेरिकाबाट निष्कासित

२०८२ श्रावण ३०, शुक्रबार मा प्रकाशित ( १३ घण्टा अघि) ७४५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -३० साउन ।

आपराधिक गतिविधिमा संलग्न रहेका कारण पटक(पटक विवादमा आइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य मोहनबहादुर थापालाई अमेरिकन सरकारले डिपोर्ट (निष्कासन) गरि नेपाल पठाएको छ।

करिब पाँच महिनाअघिदेखी अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आईसीई)को हिरासतमा रहेका थापा २०८२ साउन २२ गते राति सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुगेका थिए।

उनलाई ‘इमिग्रेसन जज’ द्वारा नेपाल डिपोर्ट गर्ने निर्णय भएको थियो। सन् २०२५ मार्च ११ मा अमेरिकाको पेन्सिलभेनियया पुगेका उनलाई विमानस्थल बाटै पक्राउ परेका थिए ।

उनलाई पक्राउ गरी नेपाल डिपोर्ट गरिदिन अमेरिकी सरकारले यही १९ मा आदेश दिएको हो। सोही अनुसार उनी डिपोर्ट भएका हुन्। अमेरिकाबाट डिपोर्ट भएर नेपाल फर्काइएका थपालाई अध्यागमन विभागले आवश्यक प्रक्रिया पुरा गरेर थप अनुसन्धानका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाएको छ।

ब्युरोले आवश्यक जानकारी सम्बन्धी फारम भर्न लगाएर उनलाई छाडिएको छ। अमेरिका बसाईको क्रममा उनी गम्भीर अपराधमा पक्राउ परेका थिए । रास्वपालाई अमेरिकामा विस्तार गर्ने मध्येका थापा रवि लामिछानेका पनि निकट मानिन्छन्।

म्याग्दी जिल्ला घरका मोहन थापा अमेरिकाको बाल्टिमोरमा बस्दै आएका थिए। थापा फर्जी लाइसेन्स र परिचय पत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेलमा परेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस