आज: २०८२ श्रावण ३०, शुक्रबार | Fri, 15, Aug, 2025

काश्मीरमा अचानक बादल फाटेर आएको बाढीले ठुलो जनधनको क्षति

२०८२ श्रावण ३०, शुक्रबार मा प्रकाशित ( १२ घण्टा अघि) १२७२ पटक पढिएको
नारी बाटिका


मृतकको संख्या ३७ पुग्यो

नारी वाटिका संवाददाता

एजेन्सी।

फेरी भारतको काश्मीरमा अचानक बादल फाटेर आएको बाढीले ठुलो जनधनको क्षति पुर्याएको छ। बिहीबार विहान आएको बाढीले किष्टवार जिल्ला सबैभन्दा बढी प्रभावित बनेको छ। स्थानीय प्रशासनका अनुसार हालसम्म ३७ जनाको ज्यान गइसकेको छ भने ३५ जना घाइते भएका र उनीहरुको उद्धार गरिएका छ। अझै केही बेपत्ता रहेका छन्।

घटनाको सम्वन्धमा भारतीय मुख्यमन्त्री ओमर अब्दुल्लाहले विज्ञप्ति जारी गर्दै तीव्र वर्षाका कारण भएको यो ठुलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उक्त क्षेत्रमा उद्धार टोली अहिले पनि निरन्तर प्रयासरत छ, तर उक्त क्षेत्रमा हालसम्म निरन्तर वर्षा भइरहेको बताइएको छ । यसका साथै बाडीले सडक समेत ध्वस्त भएका कारण चुनौती अझै गम्भीर बनेको बताईएको छ।

”घटनास्थल श्रिनगरबाट करिब २०० किलोमिटर टाढा भएका कारण राहत तथा उद्धारको कार्यमा अझ ढिलो भइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै पीडितलाई सबै प्रकारको सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन्।

यसअघि अगस्ट ५ मा उत्तराखण्डको धाराली गाउँमा आएको बाढी र पहिरोले पनि ७० भन्दा बढीको ज्यान गैसकेको छ। जलवायु विज्ञहरूका अनुसार, मनसुनमा भारतमा हुने बाढी, पहिरो र वर्षा जन्य विपत्ति अब जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण पहिले भन्दा अहिले बढी तीव्र र बारम्बार हुने सम्भावना छ।

संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन ले मौसम र वातावरणीय अवस्थामा गत वर्ष चेतावनी दिँदै भनेका थिए — “बाढी र खडेरीको बढ्दो क्रम जलवायु संकटको गहिरिँदो संकेत हो, र विश्वको जलचक्र पहिले भन्दा धेरै असन्तुलित बन्दै गएको छ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस