आज: २०८२ श्रावण ३०, शुक्रबार | Fri, 15, Aug, 2025

विषाक्त मदिरा सेवन गर्दा कुवेतमा ६ नेपालीको ज्यान गयो

२०८२ श्रावण ३०, शुक्रबार मा प्रकाशित ( ५ घण्टा अघि) १३६५ पटक पढिएको
नारी बाटिका


२१ जनाको स्थायी रुपमा दृष्टिे गुम्न सक्ने सम्भावना

नारी वाटिका संवाददाता

काठमाडौं ३० साउन ।

कुवेतमा विषाक्त मदिरा सेवन गर्दा ६ जना नेपालीले ज्यान गुमाएका छन् । मेथानोल मिसिएको अवैध मदिरा सेवन गरेका ६ जना नेपालीसहित १३ एसियाली नागरिकले ज्यान गुमाएका हुन् । कुवेतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले दिएको जानकारी अनुसार मृत्यु हुने नेपालीमध्ये पाँच जना पुरुष र एक महिला रहेको बताईएको छ ।

मन्त्रालयका अनुसार शनिबारदेखि अहिलेसम्म विषाक्त मदिरा सेवनबाट ६३ जना बिरामी भई अस्पताल भर्ना भएका छन्। बिरामी भएकाहरु मध्ये ३१ जनालाई मेकानिकल भेन्टिलेसनमा राखिएको छ भने ५१ जनाको आकस्मिक डायलासिस गरिएको छ। विषालु मदिराको असरले २१ जनाले स्थायी रुपमा दृष्टि समेत गुमाएका छन् ।

विषाक्त मदिराको स्रोत पत्ता लगाउन तथा वितरणमा संलग्न व्यक्तिहरूको पहिचानका लागि सुरक्षा निकायहरूले अनुसन्धान भईरहेको छ । मन्त्रालयले अवैध र अनियमित मदिरा सेवन स्वास्थ्यका लागि घातक हुने चेतावनी पनि दिँदै मेथानोल विषाक्तताको शंका लागेमा तुरुन्त नजिकको अस्पताल वा निर्धारित हटलाइनमा सम्पर्क गर्न पनि आग्रह गरेको छ।

पीडितहरूको उपचार आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा भइरहेको कुवेत स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस