
नारी बाटिका
नारी वाटिका डटकम संवाददाता
काठमाडौं -४ भदौ ।
चालु आर्थिक वर्षको साउनको एक महिनामा मात्रै ६८ हजार ११० ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार तीमध्ये ५८ हजार ९४८ पुरुष र ९ हजार १६२ महिला रहेका छन्। उनीहरुलाई व्यक्तिगत, मेनपावर, पुनः श्रम स्वीकृति र जीटुजी प्रणाली मार्फत श्रम स्वीकृति प्रदान गरिएको हो। गत वर्षको साउनको तुलनामा यय वषमा संख्या बढेको अवस्था छ।
अर्को तर्फ साउन महिना मात्रै वैदेशिक रोजगारी सम्बन्धी ठगीको ५८० उजुरी परेकोमा ७४ उजुरी मिलापत्रमार्फत टुंग्याइएको छ भने २६ थान उजुरीहरु अदालतमा दायर भएका छन्। यस अवधिमा ९८ जना विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् भने ९४ जनाले नवीकरण समेत गराएका छन् ।
यससंगै विदेशमा मृत्यु भएका ३९ नेपालीको शव साउन महिनामा नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।







प्रतिक्रिया दिनुहोस