आज: २०८२ चैत्र २९, आईतबार | Sun, 12, Apr, 2026

अफगानिस्तान भूकम्पमा मृत्यु हुनेको संख्या ८१२ पुग्यो

२०८२ भाद्र १६, सोमबार मा प्रकाशित ( ७ महिना अघि) ५३६४ पटक पढिएको
नारी बाटिका


एजेन्सी

पूर्वी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ८१२ पुगेको छ।

२ हजार ८ सय १७ भन्दा बढी घाइते भएको अफगानिस्तानको अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमवार पत्रकार सम्मेलन गरी बताएका छन् । स्थानीय मिडिया आउटलेट टोलोन्यूजले रिपोर्ट अनुसार रक्षा, गृह र जनस्वास्थ्य मन्त्रालयका उद्धार टोलीहरू घाइतेहरूलाई नान्गरहार क्षेत्रीय अस्पतालमा एयरलिफ्ट गर्न पुगेका थिए।

अफगानिस्तानको पूर्वी भागमा गएराति ११ः४७ बजे ६.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अगस्ट ३१ मा यसको केन्द्र बिन्दु आठ किलोमिटर गहिराइमा रहेको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस