आज: २०८२ फागुन १३, बुधबार | Wed, 25, Feb, 2026

अफगानिस्तानमा लगातारको विपत्ती, फेरी ५.६ म्याग्निच्युडको भूकम्प

२०८२ भाद्र २०, शुक्रबार मा प्रकाशित ( ५ महिना अघि) ५२०९ पटक पढिएको
नारी बाटिका


एजेन्सी ।

अफगानिस्तानको सुदूर दक्षिण(पूर्वी क्षेत्रमा फेरी ५(६ म्याग्निच्युडको भूकम्प गएको छ । यो समय छ दिनकापबचमा आएको तेस्रो भूकम्प हो । यसैबीच, यसअघिको भूकम्पमा परी मृत्यु हुनेको संख्या बढिरहेको बीबीसीले जनाएको छ ।

बिहीबार राति तहाँको स्थानीय समय अनुसार ८ः५६ बजे भूकम्प आएको थियो । नंगरहार र कुनार प्रान्तमा झट्का महसुस भएपछि मानिसहरू आत्तिएर आफ्नो आश्रयस्थलबाट बाहिर भागाभाग गरेका थिए ।

गएरातिको भूकम्पमा जनधनको क्षति के कति भयो त्यसको आधिकारिक पुष्टि भएको छैन । तर, स्थानीय चिकित्सकहरूले बीबीसीलाई बताए अनुसार भुकम्म गएको क्षेत्र अस्पतालमा १७ जना घाइतेलाई ल्याइएको बताईको छ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिलाको समन्वय कार्यालयका अनुसार, आइतबार आएको भूकम्पमा हालसम्म १,३६८ जनाको मृत्यु भएको छ र २,१८० जना घाइते भएका छन्। यो तथ्यांक २५ गाउँहरूबाट प्राप्त रिपोर्टमा आधारित छ।

बीबीसी उर्दूका अनुसार, बिहीबार रात पाकिस्तानका धेरै क्षेत्रमा पनि भूकम्पको झट्का महसुस गरिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस