आज: २०८२ आश्विन २८, मंगलबार | Tue, 14, Oct, 2025

रोमानियाको शहरमा लागेको आगलागीमा परी २ नेपाली युवतीको मृत्यु

२०८२ आश्विन १७, शुक्रबार मा प्रकाशित ( १ हफ्ता अघि) २४१९ पटक पढिएको
नारी बाटिका


नारी संन्चार संवाददाता
काठमाडौं- १७ असोज ।

रोमानियाको टेटेरानी शहरमा लागेको आगलागीमा परी दुई नेपाली युवतीको मुत्यु भएको छ ।

रोमानियाको टेटेरानी शहरस्थित एक तीनतले होटलमा भएको आगलागीमा परेर दुई नेपाली युवतीको मृत्यु भएको हो। रोमानियाको राजधानी बुखारेष्टबाट अन्दाजी ६० किलोमिटरको टाढा पर्ने उक्त होटलमा आगलागी भएको थियो। रोमानिया हेर्ने जर्मनस्थित नेपाली दुतावासका अनुसार सेप्टेम्बर २९ प्राहोभा होटलमा आगलागी भएको जनाएको छ।

आगलागीमा परी मृत्यु हुनेमा इलामको माई नगरपालिका–७ घर भएकी २१ वर्षीया सोनी लिम्बु र काठमाडौंको दक्षिणकाली नगरपालिका–९ घर भएकी २४ वर्षीय सुस्मिता तामाङ रहेको दुतावासले जनाएको छ।

दुतावासका अनुसार उनीहरुलाई उद्दार गर्न खोज्दा चुलाचुली–३ इलामकी २२ बर्षिय सुमिना मगर घाइते भएकी छन्। उनको भने बुधबार अस्पतालबाट डिस्चार्ज भएको बताईएको छ।

सोनी एक वर्षअघि र सुस्मिता पाँच महिना अघि उक्त होटलमा काम गर्न पुगेकी थिइन्। आगलागी हुनुअघि उक्त होटलले सुरक्षाको मापदण्ड पालना नगरेको भन्दै स्थानीय प्रशासनले एकलाख रोमानियन जरिवाना लगाई बन्द गराएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस