आज: २०८२ चैत्र २९, आईतबार | Sun, 12, Apr, 2026

हमासले सार्वजनिक गरेको २० बन्धकहरुको सुचिमा, विपीनको नाम आएन

२०८२ आश्विन २७, सोमबार मा प्रकाशित ( ६ महिना अघि) ५५८१ पटक पढिएको
नारी बाटिका


एजेन्सी
प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ले हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको सुचिसहित नाम सार्वजनिक गरेको छ।

तर यो २० जनाा सूचीमा विपीन जोशीको नाम उल्लेख गरिएको छैन। विपिनसहित अर्का अज्ञात भनिएका तमीर निम्रोदीको नाम पनि सार्वजनि गरिएको यो बन्धकहरुको सूचीमा समावेश भएको छैन ।

हमासले आज मात्रै सार्वजनिक गरेका नामहरू पहिले नै सार्वजनिक भएका २० जना जीवित रहेका भन्ने अनुमान गरिएका बन्धकहरूको सूचीसँग मेल खाएको छ ।

उनीहरु सबै इजरायली नागरिक नै हुन्। यस सुचिमा भएका २० जनालाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ। उनीहरुलाई लिन अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको टोली गाजा पट्टी तर्फ पुगेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस