आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

राष्ट्रिय सम्मानसहित महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि सकियो

२०८२ कार्तिक ४, मंगलबार मा प्रकाशित ( ३ दिन अघि) २४८१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -४ कार्तिक ।

सिक्दै कमाउँदै भन्ने कार्यक्रममा इजरायल गएका विपिन जोशी हमाशको आक्रमणमा मारिए । उनी इजरायल पुगेकै केही समय मै हमाशले अचानक इजरायलमा गरेको आक्रमण विपिनको मृत्यु भएको केही समयअघि मात्रै पुष्टी भएको थियो । इजरायलबाट सोमबार काठमाडौं हुँदै नेपाली सेनाको स्काइ ट्रकबाट भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्याइएको हो ।

कञ्चनपुरस्थित महाकाली नदी किनारको भुजेलाघाटमा राष्ट्रिय सम्मानका साथ आज उनको अन्त्येष्टि भएको हो। उनको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए । राति अबेर घरमा शव ल्याइपु¥याइएकाले आज बिहान शवयात्रासहित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस