आज: २०८२ कार्तिक १३, बिहिबार | Thu, 30, Oct, 2025

भीमेश्वर मन्दिरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट क्षमा पूजा

२०८२ कार्तिक १२, बुधबार मा प्रकाशित ( १ दिन अघि) १५५१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

दोलखा १२ कार्तिक।

नेपालका अति प्रसिद्ध देवी देवालयमध्यका भीमेश्वर(भिमशेन)मन्दिरमा मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलबाट विशेष क्षमा पूजा गरिएको छ ।

भीमेश्वर नगरपालिका – २ दोलखा बजारमा अवस्थित प्रसिद्ध भीमेश्वर मन्दिरमा पसिना आएर अनिष्ट नहोस् भनेर राष्ट्रप्रमुखको तर्फबाट क्षमापूजा गर्ने प्रचलन अनुसार मंगलबार राष्ट्रपति पौडेलबाट क्षमा माग्दै पुजा आरधना गरिएको हो।

पुजाको लागी शुभसाईत पारेर मंगलवार राष्ट्रपति कार्यालयको व्यवस्थापनमा क्षमापूजा र विशेष रुद्री लगाईएको भीमेश्वर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

जब भीमेश्वरलाई पसिना आउँछ देशमा ठुलै अनिष्ठ हुन्छ भन्ने धार्मिक विस्वास रही आएको छ । साथै यस भनाईको यथार्थतापनि समाजमा प्रमाण्ति जस्तै हुंदै आएपछि घण्टा, नगरा लगायत बजाएर पसिना पुच्छने र उक्त कपास महाप्रसादको रुपमा राष्ट्रपति कार्यालय पठाउने प्रचलन आएको छ ।

पसिना पुछेको कपास महाप्रसादको रुपमा पुगेपछि राष्ट्रपति कार्यालयको तर्फबाट क्षमापूजा गर्ने प्रचलन छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस