आज: २०८२ कार्तिक २६, बुधबार | Wed, 12, Nov, 2025

आज वैकुण्ठ चतुर्दशी ,भगवान विष्णुको पुजाआरधना गरी मनाइँदै

२०८२ कार्तिक १८, मंगलबार मा प्रकाशित ( १ हफ्ता अघि) १४२७ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता

धादिङ -१८ कार्तिक ।

आज कार्तिक शुक्ल चतुर्दशी अर्थात वैकुण्ठ चतुर्दशी । यस पर्वमा स्नान, गरी शुद्ध भई दान, जप, ध्यान र वैगुण्ठ नारायण श्री विष्णु भगवानको पुजा आरधना गरी मनाइँदै छ। विशेष वैकुण्ठ चतुर्दशीमा नदी तलाउमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य पाइने धार्मिक विश्वास छ।

वैकुण्ठ चर्तुदशीमा भगवान् श्री विष्णुको पूजा गर्ने र आजको रातमा जाग्राम बसी भजन क्रितन गरेमा पुण्य मिल्ने विस्वास रहेको छ । चतुर्दशीमा विष्णु र शिव, दुवैसित सम्वन्धित रहेको तिथि मानिन्छ। शिवसँग सम्बन्ध भएकालाई शिव वैकुण्ठ नारायण विष्णुसित सम्बन्ध भएकालाई ‘विष्णु वैकुण्ठ’ भनि पुजिन्छ।

तिथि अनुसार अरुणोदयव्यापी चतुर्दशी उत्तम मानिन्छ र उपवास व्रतका लागि अहोरात्र रातदिनको अरुणोदय चतुर्दशीले युक्त दिनलाई उपयुक्त मानिएको हो। भगवान् विष्णुका धेरै स्वरुपमध्ये एक स्वरुपको नाम वैकुण्ठ नारायण हो ।

‘कुण्ठा नभएको ज्ञान वा स्थान जसको आश्रय छ, त्यसलाई वैकुण्ठ भनिएको हो। यसैगरी जीवनलाई नियन्त्रण गर्ने र ज्ञान दिने रुपमा जसको प्रसिद्धि छ, त्यसलाई पनि ‘वैकुण्ठ’ भनिन्छ। त्यस्तै महाभारतको शान्ति पर्वमा आफ्ना बहुसङ्ख्यक नामको व्यूत्पति भगवान् स्वयंले बताउनु भएको धर्मविद्हरु बताउँछन् ।

यसैगरी जगत् सृष्टि गर्ने क्रममा भगवानले पृथ्वीलाई जलसित आकाशलाई वायुसित र वायुलाई तेजका साथ अविचल हुने गरी मिलाएकाले उहाँको नाम ‘वैकुण्ठ’ रहेको भन्ने पौराणिक मान्यता छ।

यस दिन पूजा गर्ने नसकेमा विष्णुका नाम मात्रको उच्चारणले पनि ठूलो पुण्य मिल्छ र जसको शक्तिले आपत्विपतबाट बचाउने विश्वास गरिन्छ। भगवान् विष्णुका सबै नाम ऐश्वर्य, स्वामित्व, व्यापकता, परोपकार, दुष्टदमन, लोकसंरक्षक आदि गुणको सम्बन्धले युक्त छ।

असार महिनामा पर्ने हरिशयनी एकादशीका दिन क्षीर सागरमा सुत्नु भएका भगवान् विष्णुले त्यस अवधिमा कार्यभार भगवान् शिवलाई दिनु भएको थियो। आज त्यो कार्यभार भगवान् शिवले विष्णुलाई दिएर कैलाश जानु हुने धर्मशाश्रमा बताईएको छ । यसैले आजको दिनलाई हरि र हर मिलनको रूपमा हरीहर भनेर पुज्ने गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस