
नारी बाटिका
बवियु,नारी वाटिका संवाददाता
धादिङ -२७ कार्तिक ।
पोर्चुगल सरकारले कामदार भिसा बन्द गरेको छ ।
पोर्चुगलस्थित नेपाली दूतावासका अनुसार यही कात्तिक ६ गते (२३ अक्टोबर २०२५)देखि लागू हुने गरी पोर्चुगल सरकारले उच्च दक्षता भएका कामदार बाहेक अन्य सबै प्रकारका भिसा जारी गर्न बन्द गरेको हो ।
राष्ट्रिय समाचार समिति (रासस)का अनुसार दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न समेत आग्रह गरेको छ ।
नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई पोर्चुगलमा काम लगाइदिने बहाना बनाई कयौं नेपालीमाथी ठगी धन्धा भइरहेको जानकारी प्राप्त भइरहेको सन्दर्भमा दूतावासले सम्वन्धित पक्षलाई सतर्क रहन स ुसुचित गराएको हो ।
दूतावासले सुचना मार्फत भनेको छ यस्ता गैरकानुनी गतिविधि नगर्न र त्यसमा सामेल नहुन समेत ठगी गर्ने गिरोहलाई चेतावनी दिएको छ ।
पछिल्लो समयमा नेपाली कामदारको लागी वेदेशिक रोजगारीमा रोजाईका मुलुकहरुमध्यमा पर्ने देश पोर्चुगलमा यसरी त्यहाँका सरकारले कामदार भिसा बन्द गरिसकेको अवस्थामा त्यस किसिमका भिसा प्रयोग गरी कोही पनि जान नपाउने स्पष्ट पारेको हो ।
यस सन्धर्वमा सोही भिसाको लागी भन्दै पोचुगल आउने वा पठाउने नाममा हुनसक्ने ठगीबाट जोगिन सम्बद्ध सबैसँग दूतावासले अनुरोध गरेको छ ।







प्रतिक्रिया दिनुहोस