आज: २०८२ मंसिर ३, बुधबार | Wed, 19, Nov, 2025

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय

२०८२ मंसिर २, मंगलबार मा प्रकाशित ( १ दिन अघि) १२७२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौँ -२ मंसिर।

गत वर्ष-अगस्टमा बंगलादेशमा भएको मानवता विरुद्धको अपराधको लागि अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

शोमबार न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मजुमदारको अध्यक्षतामा भएको तीन सदस्यीय अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण(१ ले यस्तो फैसला सुनाएको हो। न्यायाधिकरणका अन्य दुई सदस्यहरूमा न्यायाधीश मोहम्मद शफिउल आलम महमूद र न्यायाधीश मोहितुल हक इनाम चौधरी रहेका छन्।

हसिना हाल भारतमा निर्वासनमा बसेकी छिन् । हसिनासँगै पूर्वगृहमन्त्रीलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । यो मुद्दामा पूर्वप्रहरी प्रमुखलाई भने ५ वर्षको जेल सजाय मात्रै हुने भएको छ ।

उनीहरूले प्रदर्शनकारीहरूमाथी घातक बल प्रयोग गर्न अनुमति दिएको र उनीहरू विरुद्धको अत्याचार रोक्न असफल भएकोमा न्यायाधिकरणले दोषी पाइएकोले गृह्रमन्त्री र हशिनालाई मृत्ुदण्डको सजाय हुने भएको हो।

फैसलापछी अदालतले अभियुक्तहरू विरुद्धका बिस्तृत आरोपहरू पढेर सुनाएको थियो भने प्रहरी कारबाहीमा भएको हिंसाको विस्तृत विवरण सबै उल्लेख गरिएको थियो ।

तर हसिनाले आफुमाथी लगाइएको सबै आरोप अस्वीकार गरेकी छन् । मुद्दा चलाइएका अभियुक्तहरूमध्ये, पूर्वप्रहरी प्रमुख अब्दुल्ला अल–मामून मात्र सजाय सुनाउने क्रममा उपस्थित थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस