आज: २०८२ मंसिर ३, बुधबार | Wed, 19, Nov, 2025

आज बालाचतुर्दशी,पितृको नाममा दीपदान,भोलि शतबीज छर्ने

२०८२ मंसिर २, मंगलबार मा प्रकाशित ( २२ घण्टा अघि) ६५२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२ मंसिर ।

पशुपतिनाथ मन्दिर लगायत देशभरका शिव मन्दिरमा आज बेलुकी दिवंगत पितृको सम्झनामा बत्ती बालिँदैछ ।

सनातन धर्मालम्विरुले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी देशभरका शिवालयमा आफ्नादिवंगत पितृका नाममा महादीप बाली भजन कीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्दछन् ।

आज साँझमा आफ्ना पितृका सम्झनामा दीपदान गरी भोली बिहान सवेरै शतबीज छरेर बालाचतुर्दशी मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट आउने श्रद्धालु भक्तजनको बिहानैदेखि पशुपति नाथ मन्दिमा भीड लागेको छ ।

आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, उमाकुण्ड, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने प्रचलन छ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम धानका १०० बीउ छर्ने शास्त्री प्रमाण भएकाले शतबीज भनिएको बताउनु हुन्छ । शास्त्रीय रुपमा यो सही होइन, यसै वर्ष दिवंगत भई वर्षान्त नभएकाले बत्ती बाल्ने शतबीज छर्नु पनि हुँदैन भन्ने शास्त्रीय प्रमाण छ”– उहाँको भनाइ छ।

शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पु(याउन अनुरोध गरिन्छ ।

यसरी बालाचतुर्दशीका दिन भगवान् शिव मृगरूप लिएर घुम्नु भएको पुण्यक्षेत्रमा यस दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवंगत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ ।

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नु भएपछी शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छर्दा त्यो बीज उम्रीयर हरिया भएपछि मृग आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको शास्रिय मान्यता छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस