आज: २०८२ मंसिर ४, बिहिबार | Thu, 20, Nov, 2025

एनपीएल खेल हेर्न जाने दर्शकका लागि चार रुटमा निःशुल्क बस सेवा

२०८२ मंसिर ४, बिहिबार मा प्रकाशित ( २ घण्टा अघि) ६८३ पटक पढिएको
खेलकुद
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौं ४ मंसिर।

नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न आउने दर्शकलाई सहज आवागमन गराउन निःशुल्क बस सेवा सुरु गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा बुधबारदेखि बस सेवा सञ्चालनमा आएको हो।

क्यानका अनुसार विशेषगरी महिला, ज्येष्ठ नागरिक र असक्त समर्थकहरूलाई लक्षित गरी बस सेवा उपलब्ध गराइएको हो। मुस्कान ट्राभल्सको सहकार्यमा सञ्चालन हुने यो सेवा खेल अवधिभर साँझ ६ बजेदेखि ८ बजेसम्म चल्नेछ।

निःशुल्क बस चार रुटमा चलाइनेछ–

रुट १: त्रिवि गेट–स्वयम्भू–बालाजु
रुट २: त्रिवि गेट–स्वयम्भू–बालाजु–महाराजगञ्ज

रुट ३: त्रिवि गेट–बल्खु–कालिमाटी–थापाथली–बानेश्वर–तीनकुने–गौशाला–चाबहिल

रुट ४: त्रिवि गेट–बल्खु–सातदोबाटो–कोटेश्वर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस