आज: २०८२ मंसिर ७, आईतबार | Sun, 23, Nov, 2025

नीलकण्ठ बहुमुखी क्याम्पसको २६ औ स्थापना दिवस कार्यक्रम

२०८२ मंसिर ६, शनिबार मा प्रकाशित ( १६ घण्टा अघि) १३६५ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता
धादिङ ६ मंसिर ।

धादिङ जिल्लाकै पहिलो नीलकण्ठ बहुमुखी क्याम्पसको २६ औ वार्षिक उत्सव तथा स्थापना दिवस मनाइएको छ । २०५७ सालमो धादिङ जिल्लाकै पहिलो क्याम्पसको रुपमा स्थापित नीलकण्ठ बहुमुखी क्याम्पसको २६ औं वार्षिक उत्सव शनिबार भव्यताका साथ मनाइएको हो ।

क्याम्पसमा आज जातीय पोसाक प्रदर्शनी,नृत्य प्रतियोगिता तथा विभिद साँस्कृतिक कार्यक्रमको साथमा एक समारोहको आयोजना गरी स्थापना दिवस मनाइएको थियो ।

क्याम्पस संन्चालक समितिका अध्यक्ष शम्भुकुमार श्रेष्ठको अध्यक्षता,पुर्व कृर्षीमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको बार्षिक उत्सव समारोहमा बागमती प्रदेश सभाका साँसद एवं नेपाली काँग्रेस संसदीय दलका मुख्य सचेतक गोविन्द प्रशाद लंसालको विशेष आतिथ्यता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामा, ज्वालामुखी गाउँपालिका अध्यक्ष यमनाथ दनै, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, प्रहरी प्रमुख भेषराज रीजाल, नीलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्मा, नीलकण्ठ नगरपालिकाका वडा अध्यक्षहरु, धादिङमा क्रियाशिल राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न संघ सस्थाका प्रमुख एवं प्रतिनिधहरु, शिक्षासेवी, पुर्व क्याम्पस प्रमुखहरु, सञ्चालक समितिका पदाधिकारी लगायत क्याम्पस सभाका सदस्यहरु, अभिभावकहरु तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

समारोहमा क्याम्पस प्रमुख डा.मुरारी अधिकारीले क्याम्पसको वर्तमान आर्थिक, भौतिक र शैक्षिक अवस्थाबारे बताउदै आगामी दिनका योजना र चुनौतीहरुबारे कार्यक्रमका जानकारी गराउनु भएको थियो ।

बार्षिक उत्सवकै अवसरमा क्याम्पसमा स्थापनाकालदेखि अध्यापनरत शिक्षकहरु मध्यबाट वर्षको उत्कृष्ट प्राध्यापक र लाइव्रेरियनलाई वर्षको उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको थियो ।

क्याम्पसले गत वर्षदेखि उत्कृष्ट अभिभावकको रुपमा समेत सम्मान गर्न थालेको छ । आफ्ना बालबच्चाको पढाईको विषयमा क्याम्पस आएर सोधपुछ गर्ने, सल्लाह सुझाव प्रदान गर्ने अभिभावकहरुलाई यस वर्षदेखि सम्मान गर्ने कामको थालनी गरिएको

समारोहकै अवसरमा क्याम्पसका विभिन्न गतिविधिहरुमा सहयोग गर्ने संघसस्था र ब्यक्तिहरुलाई कदर पत्रद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्ने बक्ताहरुले समुदायमा क्याम्पसले पुर्याएको योगदानको चर्चा गर्दै क्याम्पसको विकास र श्रीबृद्धिको लागि आफ्नो आफ्नो ठाउँबाट लागिपर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस