आज: २०८२ फागुन १५, शुक्रबार | Fri, 27, Feb, 2026

आज मोक्षदा एकादशी, श्रीमद्भागवत् गीता उत्पत्ति भएको दिन

२०८२ मंसिर १५, सोमबार मा प्रकाशित ( २ महिना अघि) ३९३८ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -१५मंसिर।

आज मार्गशीर्ष शुक्ल पक्षको एकादशी अर्थात् मोक्षदा एकादशीको दिन सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ श्रीमद्भागवत् गीता उत्पत्ति भएको दिन हो। त्यसैले आज(सोमबार) सनातन धर्मावलम्बीले गीताजयन्ती मनाउँदै छन्।

महाभारत युद्धमा कुरुक्षेत्रमा भगवान् कृष्णले अर्जुनलाई यसै दिन उपदेश दिनु भएको थियो। हजुर बुबा, काका, भाइ लगायत बन्धुका साथै गुरुहरूसँग लडाइँ गर्न अर्जुन तयार नभएपछि भगवान् कृष्णले उपदेश दिनु भएको ग्रन्थहरुमा बताइएको छ ।

धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार यसैलाई गीता महा ज्ञान भनिएको हो। महाभारत ग्रन्थमा भीष्म पर्वमा १८ अध्यायको गीता समावेश छ। गीतामा भक्ति, ज्ञान र वैराग्य योगका विषयमा विशेष चर्चा गरिएको छ।

आज मोक्षदा एकादशी, श्रीमद्भागवत् गीता उत्पत्ति भएको दिन (गीताजयन्ती)का अवसरमा विश्व हिन्दु महासंघ लगायत धार्मिक संघ संस्थाहरुले कार्यक्रम गर्दैछन्।

गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचन तथा भजन लगायत विविध कार्यक्रम गरी मनाइँदै छ । गीतापाठ र यसको महिमाबारे चर्चा लगायत कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस