आज: २०८२ मंसिर २२, सोमबार | Mon, 08, Dec, 2025

आज धान्यपूर्णिमा,समुदायको रिति रिवाज अनुसार फरक तरिकामा यस पर्व मनाउँदै

२०८२ मंसिर १८, बिहिबार मा प्रकाशित ( ३ दिन अघि) २२९५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ १८ मंसिर ।

आज मार्गशीर्ष शुक्ल अर्थात् धान्य पूर्णिमा। विभिन्न समुदायमा फरक–फरक नाम र प्रचलन अनुसार बिहीबार यो पर्व मनाइँदैछ।

सनातन धर्म पुज्ने समाजमा यो पर्धावन्य पूर्णिमाका रूपमा मानिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्नेसमेत गरिन्छ । आजको दिन धानको भकारीमा पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वासका साथ यस पर्व मनाइने गरिएको हो ।

खेत बारीबाट नयाँ खाद्यान्न बाली भित्रिएपछी आफूले खानुभन्दा अगाडी पहिले कुलदेवता, पितृदेवतालाई अर्पण गरेर मात्र आफू खाने परम्परा छ। विशेषगरी पहाडी भेगमा आज बस्तुभाउ पाल्नेहरुले गोठपूजा गर्ने चलन छ। गोठ सफासुग्घर गरी गाईबस्तुको विशेष पूजा गर्ने गरिन्छ।

यसका साथै कतिपय समुदायमा आजको दिन कुलदेवताको पूजा गर्ने चलन छ। स्थानीय भाषामा कुलदेवताको पूजालाई देवाली भनिन्छ। कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर, नयाँ धानबाट बनेको चामलको खीर तथा दही चामल भोग लगाइन्छ।

नयाँ चामलबाट बनेको खीर,दही चामल खाने र नयाँ चामलको पीठोको बाबर र चामलको पिठोबाटै बनेको पुवा पकाएर कुलदेवतालाई चढाउने परम्परा छ। कतिपय स्थानमा कुलदेवताका पूजामा पशुबलि पनि दिइन्छ। नेवार समुदायमा थिन्ला पुन्हि वा ‘योमरी पुन्हि’का रूपमा यो पर्वको महत्त्व रहेको छ।

यस पर्वको अघिल्लो दिनदेखि घर र शरीर शुद्ध गरी योमरी पकाउने चलन छ। लक्ष्मी, गणेश, कुमार, कुवेरलगायतका देवी देवतालाई चढाएर मात्र खाने गरिन्छ। धानको भकारीमाथि यी देवी देवतालाई राखी पूजा गर्ने परम्परा नेवार समुदायमा छ।

त्यसैगरी लिम्बू किरात र गुरुङ जातिमा पनि फरक फरक तरिकाले यस पर्व मनाउने गरिन्छ । कतिपय समुदायमा नयाँ बाली भित्र्याएपछिको ‘न्वागी’ खाने पर्वको रूपमा मंसिरे पूर्णिमा भनिएको हो । तर तिथि घटबड अनुसार कुनै वर्ष यस पुर्णिमा पौस महिनामा पर्ने गर्दछ भने यस वर्ष भने मंसिर मै आजको तिथि परेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस