आज: २०८२ पौष ३, बिहिबार | Thu, 18, Dec, 2025

राष्ट्रिय सभा निर्वाचनः सात प्रदेशमा मतदान केन्द्र तोकियो

२०८२ पौष ३, बिहिबार मा प्रकाशित ( १३ घण्टा अघि) १२४१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ ३ पुस।        बिबियु

राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सातै प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।

निर्वाचन आयोगकाले पुस २ गते बधुबार सातै वटा प्रदेशको प्रदेश राजधानी रहेका जिल्लामा मतदान स्थल र केन्द्र तोक्ने निर्णय गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनु भएको हो।

प्रवत्ता भट्टराईका अनुसार कोशी प्रदेशका लागि मोरङको प्रदेश निर्वाचन कार्यालय, कोशी प्रदेशको परिसर, विराटनगरमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।

तेस्तै मधेस प्रदेशका लागि धनुषाको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर, बागमती प्रदेशका लागि मकवानपुरको भुटनदेवी माध्यमिक विद्यालय हेटौंडा उपमहानगरपालिका, गण्डकी प्रदेशका लागि कास्कीको प्रदेश निर्वाचन कार्यालय,गण्डकी प्रदेशको परिसर, पोखरा तोकिएको छ ।

यसैगरी लुम्बिनी प्रदेशका लागि दाङको कर्मचारी मिलन केन्द्र घोराही र कर्णाली प्रदेशका लागि सुर्खेतको प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशको परिसर, वीरेन्द्रनगरमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।

साथै प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रदेश सभाका सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल रहने व्यवस्था छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस