
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -९ पुस । बिबियु
धादिङबेसीमा पुस ९(आज) देखि १२ गतेसम्म बागमती प्रदेश अन्तर–जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता हुंदैछ ।स्व.मनोज श्रेष्ठ स्मृति कप–२०८२को हुन गैरहेको प्रतियोगितामा बागमती प्रदेशका ८ जिल्लाका महिला भलिबल टोली सहभागी हुने भएको ओजकले जानकारी दिएको छ।
खेल बारे जानकारी दिन धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङको अध्यक्षतामा मंगलबार भएको पत्रकार सम्मेलन गरी विस्तृत रुपमा बताईएको हो ।
आयोजकका अनुसार प्रतियोगितामा धादिङ, नुवाकोट, रसुवा, चितवन, मकवनपुर, सिन्धुली, रामेछाप, सिन्धुपाल्वाकसहित बागमती प्रदेशका ८ जिल्लाको सहभागिता रहनेछ । जसमा धादिङ आयोजक भएका कारण दुई टिम रहने छ भन्ने अरन्य जिल्लाबाट भने १।१ टिमको सहभागिता रहने छ ।
उक्त पत्रकार सम्मेलनमा आयोजकले दिएको जानकारी अनुसार खेलाडी सम्बन्धित जिल्लाकै हुनुपर्ने आयोजकको नीति रहेका कारण काठमाडौं, भक्तपुर र ललितपुरका टोलीहरूले प्रतियोगितामा सहभागिता जनाउन नसक्ने जानकारी कताइएको छ।
विजेता टोलीले प्राप्त गर्ने पुरस्कार
प्रतियोगितामा विजेता टोलीले प्राप्त गर्ने प्रथम पुरस्कार राशी रु २ लाख, उपविजेताले रु १ लाख र तेस्रो हुने टोलीले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी स्पाइकर, सेटर, डिफेन्स, सर्वर र बेस्ट प्लेयर सहित ६ विधामा उत्कृष्ट खेलाडी पुरस्कार प्रदान गरिने आयोजकको भनाई छ ।
साथै प्रदेशस्तरमा महिला भलिबल प्रतियोगिता (यस खेल) पहिलो पटक आयोजना हुन लागेको जनाएको छ भने खेलबाट खेलाडीको क्षमता विकास र खेलकुद प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ







प्रतिक्रिया दिनुहोस