आज: २०८२ पौष २७, आईतबार | Sun, 11, Jan, 2026

तमु ल्होसार, गुरुङ समुदायको नयाँ वर्ष आज मनाउँदै

२०८२ पौष १५, मंगलबार मा प्रकाशित ( १ हफ्ता अघि) १२१० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ – १५ पुस ।     बिबियु

‘तमु ल्होसार’ पर्व आज गुरुङ समुदायले धुमधामका साथ मनाउँदैछ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु हो।तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्ष मात्रै नभएर ठुलै पर्वका रूपमा मनाउने गर्छन्। नेपालका सात प्रदेशमध्य गुरुङ समुदायको बाहुल्यता रहेको विशेषगरी धादिङ,लमजुङ, गोरखा, तनहुँ जिल्ला रहेको छ ।

त्यस्तै स्याङ्जा, मनाङ, कास्की र पर्वत जिल्ला लगायतलाई मानिन्छ । गुरुङ समुदायको रिति रिवाज अनुसार सूर्यको ताप पुस महिना मै पहिले धर्तिमा आउने भएकाले पुस १५ गते यस पर्व मनाइने गरिएको उनीहरुका बुढापाकाहरुको भनाई छ।

यसैगरी तामाङ र शेर्पा जातिहरुले पनि सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउने गर्दछन्। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै,दिन बढ्दै जाने भएकाले यो पर्वलाई महत्त्वका साथ मनाईने गरिएको हो।

आज तमु ल्होसारका अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीले पर्वको अवसरमा विभिन्न माध्यमबाट शुभकामना व्यक्त गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस