आज: २०८२ माघ २२, बिहिबार | Thu, 05, Feb, 2026

चर्किएको कांग्रेस विवाद समाधान तर्फ उन्मुख,तीनै पक्ष दोस्रो चरणको वार्तामा

२०८२ पौष २९, मंगलबार मा प्रकाशित ( ३ हफ्ता अघि) ५२८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका रिपोर्टर, काठमाडौं

धादिङ -२९ पुस । संवाददाता बिबियु

चर्किएको नेपाली कांग्रेसको विवाद समाधान तर्फ उन्मुख भएको छ । हाल कांग्रेसमा भएको पार्टीभित्रको आन्त्रिक विवाद हल गर्न त्रिपक्षय प्रतिनिधिहरूको संवाद र वार्ता भैइरहेको छ ।

हाल नेपाली कांग्रेसमा भएको पार्टीभित्रको विवाद हल गर्न त्रिपक्षय प्रतिनिधिहरूको संवाद र वार्ता भैइरहेको छ ।

आज विहान ११ बजेदेखी केन्द्रीय समितिको बैठक मार्फत छलफल भएको हो । वार्ता टोलिमा संस्थापन पक्ष,नेता डा.शेखर कोइराला पक्ष र विशेष महाधिवेशन पक्षधरबीचमा मंगलबार दिउँसो ३ बजेदेखि दोस्रो चरणको वार्ता भइरहेको छ ।

यसअघि पनि आजै बिहान साढे ८ बजेदेखि साढे ११ बजेसम्म लाजिम्पाटमा तीन पक्षका ८ जना नेताबीच छलफल भएको थियो। नेताहरूका अनुसार पहिलो चरणको संवाद सकारात्मक रहेको बताइएको छ।

पहिलो चरणको वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी छन् भने डा.शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मीनेन्द्र रिजाल सहभागी हुनु भएको छ । त्यसैगरी महामन्त्रीद्वय पक्षबाट प्रदीप पौडेल,मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे हुनुहुन्छ ।

यता त्रिपक्षीय वार्ता चलिरहेकै छ भने उता नेका पार्टी कार्यलय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । अर्को तर्फ भृकुटीमण्डपमा विशेष महाधिवेशनको निर्वाचन प्रक्रियासमेत अघि बढिरहेको छ।

यसरी नेकाभित्र चर्किएको चर्को विवाद समाधानमा सहमति जुटेपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता कोइरालाले विशेष महाधिवेशनस्थल भृकुटीमण्डप पुगेर सम्बोधन गर्ने विषयमा समेत छलफल भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस