आज: २०८२ माघ २२, बिहिबार | Thu, 05, Feb, 2026

कांग्रेसको दुई गुटमा आधिकारिकताका लागि होडबाजी

२०८२ माघ २, शुक्रबार मा प्रकाशित ( २ हफ्ता अघि) २४५० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२ माघ ।      बिबियु

काँगे्रसको विशेष महाधिवेशन सकिएसंगै दुई नेतृत्वकोबिचमा टकराब सुरु भएको छ ।

गुटै गुटको चरम लापरवाहीले नेपाली काँग्रेस पार्टीलाई नै चिरा चिरा पारेका पुरानो र हालैको विशेष महाधिवेशमा एकलौटी रुपमा सर्वसहमत भएर सभापति बनेका गगन थापाको नेतृत्वकोबिचमा टकराव सुरु भएको हो । यसका साथै पार्टीको आधिकारिकता प्राप्त गर्ने निर्णायक होडबाजीमा दुबै गुट पुगेका छन् ।

विगतदेखी नै काँग्रेस पार्टीको सिद्धान्त, विचार र राजनीतिक एजेन्डा भन्दा पनि शक्ति संघर्षका कारण दुई टुक्रा बनेको कांग्रेस अब ‘को वास्तविक कांग्रेस को हुने’ भन्ने प्रश्नको उत्तर खोज्दै निर्वाचन आयोगको शरणमा पुगेका दुबै गुटले कानुनी उपचार खोज्न थालेको हुन् ।
न् ।

यता वर्षौदेखी पार्टीको हालीमहाली गर्दै आफ्ना गोजीका मान्छेलाई मात्रै साथ दिँदै आएका सभापति शेरबहादुर देउवाको नेतृत्व र पूर्णबहादुर खड्काको कार्यवाहक सभापतित्वमा रहेको पुरानो कांग्रेस छ भने अर्कोतर्फ थापा र शर्माको एकलौटीमा भएको विशेष महाधिवेशनबाट नयाँ पद पाएका गुटमध्ये कुन समूहलाई आधिकारिक मान्यता दिने भन्ने अन्तिम निर्णय निर्वाचन आयोग कै हातमा भएकोले त्यपछी मात्रै कांग्रेसको वैधानिकता विवाद टुंगिने अवस्था छ ।

यतिखेर दुवै समूह आ–आफ्नो पक्षलाई आधिकारिक ठहर गराउन कानुनी परामर्श, राजनीतिक दबाब र संस्थागत दौडधुपमा सक्रिय देखिएका छन् ।
पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय नै नगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ देखि ३० सम्म विशेष महाधिवेशन आयोजना गर्दै बुधबार राति नयाँ नेतृत्व चयन गरेपछी कांग्रेस औपचारिक रूपमै टुीक्रएको हो ।

सोही महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको घोषणा गरेका छन् । तर, यस विषयमा कानुनविद्हरूको मत विभाजित भएको अवस्था छ । केही कानुन व्यवसायीहरूले केन्द्रीय कार्यसमितिको स्वीकृतिबिनै बोलाइएको विशेष महाधिवेशनको वैधानिकता नहुने तर्क गरेका छन् भने केहीले विधानअनुसार प्रतिनिधिहरूको अधिकार प्रयोग भएकाले नयाँ नेतृत्व वैध हुने दाबी गरेका छन् ।

विशेष महाधिवेशनले आफुलाई सभापतिमा घोषणा गरेलगतै थापा नेतृत्वको कांग्रेस कार्यसमितिको बैठक बिहीबार कुपण्डोलमा बसेको थियो । बैठकपछी निर्वाचन आयोगमा आधिकारिक विवरण अद्यावधिक गराउने निर्णय ग¥यो । त्यसअनुसार सभापति थापाको नेतृत्वमा नयाँ कांग्रेसको टोली आयोग पुगेर विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएकाले पुरानो विवरण हटाई नयाँ विवरण दर्ता गर्न निवेदन दिएको छ ।

यता पुनाना नेतृत्वको काँग्रेसले पनि कानुनविद्हरूको परामर्शमा केन्द्रीय कार्यसमितिको स्वीकृतिबिनै भएको विशेष महाधिवेशन वैध हुन्छ कि हुँदैन ? १४औँ महाधिवेशनबाट निर्वाचित समितिलाई कसरी कायम राख्ने आयोगमा कसरी जवाफ दिने ? जस्ता विषयमा छलफल भएको छ ।

देउवा समूह निकट कानुनविद्हरूले महाधिवेशन प्रतिनिधिहरूले माग गरेता पनि केन्द्रीय समितिले स्वीकार नगरेसम्म विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्न नमिल्ने राय दिएका छन् । बिहिबार काँग्रेस केन्द्रीय समितिमा निर्वाचन आयोगबाट अर्को समूह आएको जानकारी गराएपछि औपचारिक जवाफ दिई विशेष महाधिवेशन गैर–आधिकारिक भएको स्पष्ट पार्नु पर्ने केही कानुनविद्हरुले सुझाव दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस