
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -२ माघ । बिबियु
नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै संस्थापन सभापति शेरबहादुर देउवा पक्ष पनि आज बिहानै निर्वाचन आयोग पुगेको छ।
देउवापक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगका अधिकारीहरूसँग कुरा राख्दै नियमित महाधिवेशनको तयारी भइरहेका बेला विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नु संविधान र लोकतन्त्रमाथिकै प्रहार भएको धारणा राख्नु भएको हो ।
खड्काले भने, ‘राष्ट्रिय सभाको उम्मेदवारी दर्ता भइसकेको छ, माघ ११ गते राष्ट्रिय सभाको चुनाव हुँदै छ। यो परिवेशमा जुन खालको एउटा नेपालको संविधानमाथि, नेपालको लोकतन्त्रमाथि, नेपालको परिवर्तनमाथि जुन खालको गम्भीर षड्यन्त्रका संकेतहरू देखिन थालेका छन्, त्यही षड्यन्त्रको एउटा ठुलो संकेतका रूपमा लिएका छौँ।’
यस्तै कार्यवाहक सभापति खड्काले कार्यबाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई आधिकारिकताका लागि कागजातसमेत हस्तान्तरण गर्नु भएको थियो। यसअघि विशेष महाधिवेशन पक्षधरले बिहीबार आगोगमा पुगेर आफूहरुको समुह नै नेपाल िकाँग्रेसको आधिकारिक पार्टी भएको दाबी गरेका थिए ,








प्रतिक्रिया दिनुहोस