आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोइरालाको निर्देशन

२०८२ माघ ५, सोमबार मा प्रकाशित ( ५ घण्टा अघि) ६२१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -५ माघ ।                      बिबियु

नेपाली काँग्रेसका वरिष्ठ नेता शेखर कोइराला पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन आफ्ना पक्षका नेताहरुलाई निर्देशन दिनु भएको छ । नेता कोइरालाले आइतवार काठमाडौँमा आयोजना गर्नु भएको आफू पक्षका नेताहरुको भेलामा बोल्दै पार्टीको विवादबारे सर्वोच्चमा मुद्दा गए पनि गइ निर्वाचनमा होमिन निर्देशन दिनु भएको हो।

नेता कोइरालाले अदालतले जे आदेश दिए पनि मान्ने गरी अहिलेलाई आफ्नो जिल्लाका निर्वाचन क्षेत्रमा जान निर्देशन दिनु भएको जनाएको छ भेलामा उहाँले अहिले निर्वाचन आयोगको निर्णय कार्यान्वयनमा गइसकेको हुँदा पार्टीले गर्ने उम्मेदवार चयनको प्रक्रिया र निर्वाचनमा पार्टीलाई जिताउने कार्यमा लाग्न सबैलाई अनुरोध गर्नु भएको थियो ।

उहाँले भन्नु भयो ,’ ‘मुलुकमा भएको संविधान संकट र पार्टीभित्र भएको जटिल परिस्थितिमा पार्टीका उम्मेदवारहरुलाई अग्रणी स्थानमा रहेर सहयोग गर्न र निर्वाचित गराउन आग्रह गर्छु’ । उहाँले नेपाली काँग्रेसले नेपाली जनताको सार्वभौम अधिकार रक्षा गर्न सधैँ निरन्तर लागिरहनु पर्नेमा जोड दिनु भयो ।

निर्वाचन आयोगले शुक्रवार नेपाली काँग्रेसको आधिकारिकताबारे दिएको निवेदनमा काँग्रेसको महाधिवेशन प्रतिनिधिहरुको बहुमतले विशेष महाधिवेशनबाट निर्वाचित भएका गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता प्रदान गरेको थियो। त्यसपछी आयोगमा निर्णयमा विभेद भएको भन्दै शेरबहादुर देउवाको पक्ष विरोधमा उत्रिएको छ।

आयोगको निर्णयप्रति आक्रोश हुंदै देउवा पक्षले आइतबार सर्वोच्च अदालतमा रिटसमेत दर्ता गराइसकेको छ। भेलामा नेता कोइरालाले निर्वाचनसँगै आगामी १५ औँ महाधिवेशनमा पनि ध्यान केन्द्रित गर्न सबैलाई आग्रह गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस