आज: २०८२ माघ ८, बिहिबार | Thu, 22, Jan, 2026

भोली ३ प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

२०८२ माघ ८, बिहिबार मा प्रकाशित ( १ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ- ८ माघ । बिबियु

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली भएको छ । अन्य बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

बिहिबार तराईका केही भुभागमा तुवाँलो तथा हुस्सु लागिरहेको छ। आज दिउँसो र राति तराईका केही भुभागमा हुस्सु कायमै रहने छ भने पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने महाशाखाको भनाइ छ।

तर भोलि सुक्रबार भने लुम्बिनी,कर्णाली र सुदूरपश्चिमका केही भुभागमा तथा गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस