आज: २०८२ माघ ९, शुक्रबार | Fri, 23, Jan, 2026

धादिङ अस्पतालको सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न

२०८२ माघ ८, बिहिबार मा प्रकाशित ( १0 घण्टा अघि) १५५१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -८ माघ । बिबियु

वागमति प्रदेश सरकारको मातहतमा रहेको धादिङ अस्पतालले सामाजिक लेखापरिक्षण सम्पन्न गरेको छ । अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष राधिका सापकोटाको अध्यक्षतामा आर्थिक वर्ष २०८१ । ०८२ को सामाजिक परिक्षण गर्न त्रिवेणी मिडिया नेटवर्कको सहजीकरणमा अस्पतालको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

अस्पतालले सेवाग्राहीहरलाई प्रवाह गर्ने सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउन सरोकारवालाहरुको बिचमा प्रतिवद्धता समेत गर्दै चुस्तदुरुस्त हिसावले काम गर्ने जनाएका छन् । कार्यक्रममा सरोकारवाला, सेवाग्राहीहरु तथा सरोकारवाला निकायले जिज्ञासा सहितको सुझाव र सल्लाह दिदै धादिङ अस्पतालले पुरयाएका सेवाको चर्चा गरिएको थियो ।

अस्पतालको क्षेत्राधिकार वृहत र सेवाग्राही पनि ठूलो संख्यामा भएका कारण सेवा विस्तार तथा चुस्त बनाउनु पर्ने सहभागीहरुको चासो रहेको थियो । अस्पतालको सेवा र कार्यक्षेत्र ठुलो रहेकोले कार्य अनुसारको जनशक्ति कमी हुंदा सेवा तथा सुविधामा ढिला सुस्ति, सेवाग्राही जादा चिकित्मक नभेटिने निशुल्क पाइने औषधि सहज नहुनु, एम्बुलेन्स र शव वाहन सेवा लिन कठिन, अस्पताल परिसर शौचालय दुर्गन्धित र फोहर रहेको जिज्ञासा आएको थियो ।

,त्यस्तै सरोकारवालाहरुबाट सामाजिक सुरक्षा इकाइ प्रभावकारी नहुनु, विशेषज्ञ सहितको सेवा निरन्तरता नहुनु नागरिकका स्वास्थ्यमा प्रत्यक्ष अशर पार्ने कार्य भइरहेको जस्ता कमी कमजोरीलाई सुधार गर्नु पर्ने सुभाव दिएका छन् ।

बिरामीको चाप बढी हुने यस अस्पतालको प्रयाप्त भौतिक स्रमचना नहुनाले सेवा प्रभाहमा कठिनाई भएको अस्पताल व्यवस्थापन समितीकी अध्यक्ष राधिका सापकोटाले बताएकी छिन् । साथै अध्यक्ष सापकोटाले अस्पतालको व्यवस्थापकीय रुपमा सुधार गर्न आ–आफ्नो तवरबाट पहल गर्ने प्रतिवद्धता समेत जनाउनु भएको थियो ।

अस्पतालले प्रवाह गर्ने सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउने धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डण्ट डाक्टर त्रिभुवनचन्द्र झाले बताउनु भएको छ । अस्पतालमा सुुधार गर्नु पर्ने कामको थालनी गरी अस्पतालमा सेवा लिन आउनु हुने सेवाग्राहीको विश्वास थपिने काम गर्ने मेसु झाले प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रमको सहजीकरण गर्दै पत्रकार मनिष दुवाडीले अस्पतालले प्रवाह गर्दै आएका सेवा तथा सुविधा, समस्या तथा चुनौति, अस्पतालले थालेका राम्रा अभ्यास र सुधार गर्नुपर्ने कुरा लगायतका विषयमा जानकारी गराएका थिए ।

अस्पतालबाट आर्थिक वर्ष २०८२÷०८२ मा ओपिडि सेवा, इमर्जेन्सी सेवा, एक्सरे स्त्री रोग सेवा लगायतका सेवाबाट सेवाग्राही लाभान्वित बनेका बताइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस