
नारी बाटिका

बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२४ फागुन ।
नारी जागरण केन्द्र धादिङले संस्थाको २७ औं स्थापना दिवस मनाएको छ ।
आइतबार संस्थाले सदरमुकाम धादिङेशीमा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा संस्थाले बालिका तथा महिलामा लुकेको घरेलु हिंसा विषयक अन्तर्रक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
विशेष गरी महिलाहरुको सामाजिक, आर्थिक विकासमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको नारी जागरण केन्द्रले धादिङमा महिलाहरुको विभिन्न समूह बनाइ उक्त समूहमार्फत तरकारी खेति, बाखा्रपालन,भैंसी पालन तथा पाडी पालन, तथा जिविकोपार्जनमा सहयोग पुर्याउँदै आएको छ ।

लैङ्गिक हिंसाविरुद्ध समाजमा जनचेतना जगाउने, अन्यायमा परेका महिला तथा बालबालिकालाई न्यायको लागि पहल गरिदिने लगायतका कार्यमा संस्था सकृय रहेको संस्थाका कार्यकारी निर्देशक भगवती उप्रेतीले जानकारी दिनु भयो । 
यस्तै नारी जागरण केन्द्र धादिङले महिलाहरुको थोरै पुजीलाई एकत्रित गरी केहि गर्ने सामुहिक भावनाको विकास गराई महिलाहरुको आयस्तरमा सहयोग पु¥याउने उद्देश्यले नारी विकास बचत तथा ऋण सहकारी संस्था समेत संचालन गरेको छ । उक्त सहकराीको पनि महिलाको साना व्यवशाय संन्चालनमा थोरै मात्रै व्याज लिई समुहका महिलाहरुमा व्यवशायीक सहुलियत कर्जा उपलव्ध गराउँदै आएको छ । 
२०६३ साल जेठ ९ मा केन्द्रले कै सहयोगबाट विभिन्न पालिका तथा समुहका अगुवा महिलाहरुको सहभागितामा महिला सहकारी संस्था स्थापना भएको सहकारी संस्थामा २३ सयभन्दा बढी महिला सदस्य रहेका छन् जसमा करिव ७ सय जना बाल सदस्य रहेका छन् । सहकारीको कुल पुजी १० करोड रहेको संस्थाले जनाएको छ ।
यस्तै कार्यक्रममा संस्था अन्तरगतका सहकारी संस्थाका प्रगतिहरु,केन्द्रले संचालन गरेका गतिविधिहरु र भावी दिनमा गरिने कार्ययोजना बारे जानकारी गराइएको थियो । साथै आज मार्च ८ अर्थात ११६ औं अन्तर्रराष्ट्रीय नारी दिवस पनि हो ।
तर यस वर्ष देशमा प्रतिनिधिसभा सदस्यको आम निर्वाचन भएकोले सरकारी तथा कुनै पनि गैर सरकारी संघ संस्थाले नारी दिवस विशेष कार्यक्रमको आयोजना नगरिरहेको अवस्था थियो । 
यसै दिवसका अवसरमा नारी जागरण संस्थाले ११६औं अन्तर्रराष्ट्रीय नारी दिवसको सन्धर्वमा संस्था अन्तर्रगतका समितिका पदाधिकारीहरु,कर्मचारीहरु,समुह तथा समुदायका महिलाहरुलाई सहभागी गराई घरेलु हिंसा तथा लैंगिक हिंसाविरुद्धको सचेतनामुलक कार्यक्रम गरी मनाएको छ ।








प्रतिक्रिया दिनुहोस