आज: २०८२ फागुन २५, सोमबार | Mon, 09, Mar, 2026

समानुपातिकतर्फ रास्वपाले २१ लाख ७२ हजार, मत थपिने क्रम जारी

२०८२ फागुन २५, सोमबार मा प्रकाशित ( १६ घण्टा अघि) १७६८ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२५ फागुन ।

प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फको सम्पुर्ण जस्तै रिजल्ट रास्मवपा तर्फ लाग्दै गर्दा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना पनि तीव्रगतिमा थालेको छ।

आयोगको तथ्यांक अनुसार आइतबार साँझसम्म ४४ लाख १ हजार ९३३मत गणना भएको थियो। यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मात्रै २१ लाख ७२ हजार ०१९ मत प्राप्त गरी सकेको छ।

यस्तै नेपाली कांग्रेसले ७ लाख ४२ हजार ९०४ मत ल्याएको छ। नेकपा एमालेले ६ लाख ३२ हजार १६२मत पाएको छ भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २ लाख ९४ हजार ९०० मत छ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा) १ लाख ५८ हजार ८३० मत ल्याउँदा श्रम संस्कृति पार्टीले १ लाख २ हजार ६६० मत ल्याएको हो।

यस्तै राष्ट्रिय परिवर्तन पार्टीले ४७ हजार ८६२ मत पाउँदा जनमत पार्टीले २४ हजार ५७९ मत ल्याएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस