आज: २०८२ फागुन २५, सोमबार | Mon, 09, Mar, 2026

मध्यपूर्व हिंसात्मक युद्धले तेलको मूल्य तीव्र वृद्धि

२०८२ फागुन २५, सोमबार मा प्रकाशित ( ९ घण्टा अघि) १३०३ पटक पढिएको
नारी बाटिका


समचार एजेन्सी

इरानसँगको युद्ध चर्किँदै गएपछि विश्व बजारमा हाल कच्चा तेलको मूल्य तीव्र गतिमा बढेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ११५ डलरभन्दा बढी मुल्य वृद्धी भएको हो । यो मुल्य अघिल्लो हप्ताको तुलनमा करिब २४ प्रतिशतले वृद्धी हो।

अमेरिकामा उत्पादन हुने वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई कच्चा तेलको मूल्य अघिल्लो मूल्यभन्दा झन्डै २८ प्रतिशतले बढेको हो । पछिल्लो समयमा मध्यपूर्व क्षेत्रमा बढेको हिंसात्मक युद्धका कारण तेल उत्पादन र ढुवानीमा ठूलो जोखिमको अवस्था सिर्जना हुंदा विश्व बजारमा तेलको मूल्य ह्वात्तै बढेको हो ।

विशेषगरी विश्वभर तेल पठाउने प्रमुख समुद्री मार्ग स्ट्रेट अफ होर्मुज अहिले असुरक्षित बन्दै गएको अवस्था छ। यसै मार्ग हुंदै दैनिक करिब १५ मिलियन ब्यारेल कच्चा तेल ढुवानी हुने गरेको थियो ।

पछिल्ला समयमा अत्याधिक रुपमा डाढी मुलुकमा बड्दै गएको हिंसात्मक युद्धले मिसाइल र ड्रोन आक्रमणको खतरा बढेपछि धेरै तेल ट्याङ्करहरू यो मार्ग प्रयोग गर्नै छाडेको अन्तर्राष्ट्रीय संन्चार माध्यमहरुले बताएका छन्।

साथै युद्धमा तेल तथा ग्यासका संरचनाहरू पनि निशानामा पारिएको छ । इजरायलले तेहरानमा रहेको तेल भण्डारण स्थलमा आक्रमण गर्दा चार जनाको मृत्यु भएको इरानी अधिकारीहरूले बताएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस