आज: २०८२ फागुन २५, सोमबार | Mon, 09, Mar, 2026

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण

२०८२ फागुन २५, सोमबार मा प्रकाशित ( ४ घण्टा अघि) ८०७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२५ फागुन ।

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा नवनिर्वाचित सदस्यले शपथ लिएका छन् । गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित भएका १८ मध्ये १७ जना सदस्यलाई आज आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शपथ गराएका हुन् ।

कुल ५९ सदस्य संख्या रहने राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुनेछ भने एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था रहेको छ ।

कार्यक्रममा सभा नवनिर्वाचित सदस्यहरु खम्मबहादुर खाती, गीता देवकोटा, चन्द्रबहादुर केसी, जगत तिमल्सिना, धर्मेन्द्र पासवान, प्रेमप्रसाद दङ्गाल, महन्थ ठाकुर, रञ्जित कर्ण, रामकुमारी झाँक्री, रेखाकुमारी झा, रोश्नी मेचे, ललितजङ्ग शाही, लिलाकुमारी भण्डारी, वासुदेव घिमिरे, सम्झना देवकोटा, सुनिलबहादुर थापा र सोमनाथ पोर्तेलले शपथ लिएका हुन् ।

एक जना सदस्य मीनासिंह रखाल भने आज कार्यक्रममा अनुपस्थित रहेको कारण उनको शपथ लिन बाँकी नै छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस