आज: २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026

कर्णाली प्रदेशमा समानुपातिकतर्फ कांग्रेस सबैभन्दा पहिलो पार्टी बन्यो

२०८२ फागुन २७, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) १२१० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सुर्खेत -२७ फागुन ।

कर्णाली प्रदेश भरीमा प्रत्यक्षतर्फ पहिलो बनेको नेपाली कांग्रेसले पाँचै सिटमा विजयी हाँशिल गरेको छ । यससंगै नेपाली काँग्रेसले समानुपातिकतर्फ पनि कर्णलीमा पहिलो स्थानमा आफुनो बर्चस्व कायम राखेको हो ।

प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशले उपलब्ध गराएको समानुपातिकतर्फको अन्तिम परिणामको जानकारी अनुसार देशभरमा लज्जास्पद रुपमा दोस्रो पार्टी बनेको नेपाली कांग्रेसले यस प्रदेशमा भने एक लाख ४१ हजार २३३ मत प्राप्त गरेर पहिलो पार्टीको हैसियत राख्न सफल भएको हो ।

कर्णालीभर प्रत्यक्षमा एक सिट मात्रै जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ एक लाख ३३ हजार ७४९ मतसहित दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै नेकपा (एमाले)ले एक लाख २० हजार ८६३ मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक लाख सात हजार १०१ मत ल्याएको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ हजार ७५५, प्रगतिशील लोकतान्त्रिक पार्टीले आठ हजार ५३७ मत ल्याएको छ । नेपाल मजदुर किसान पार्टीले पाँच हजार १३० मत र श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ चार हजार ६७५ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस