आज: २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026

आज देशभरका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

२०८२ फागुन २७, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) १११७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२७ फागुन ।

नेपालको पूर्वी भूभागको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव र पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीले हाल देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागी रहेको छ ।

यसको प्रभावले मौसमा बदली रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई तथा उपत्यकाका केही स्थानहरूमा तुवाँलो पनि लागी रहेको जनाएको छ ।

यसैगरी आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो पनि रहनेछ ।

ािथै आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भूभागका एक दुइ स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस