आज: २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026

निर्वाचन परिणाम अप्रत्याशित आयो, कृष्ण सिटौला

२०८२ फागुन २७, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) ६८३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -२७ फागुन ।

नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा सदस्यको निर्वाचनको परिणाम अप्रत्याशित रुपमा आएको बताउनु भएको छ।

बुधवार आयोजित पर्टीबाट राष्ट्रियसभामा निर्वाचित तथा बहालवाला सदस्यहरुबीचको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजा अपेक्षाभन्दा फरक आएको बताउनु भएको हो।

मुलुकमा लोकतन्त्र स्पथापना गर्न होस या तत्कालिन माओवादीको जन युद्धलाई सान्तीमा परिणत गरी वार्ताबाट युद्ध विराम गराउन लगायतका मुलुकको हितमा कांग्रेसले गरेका थुप्रै ऐतिहाँसि कामको अबमुल्याङकन भएको स्मरण गराउनु भएको छ । यस निर्वाचनमा काँग्रेस एमाले, नेकपा तथा मधेस केन्द्रित दलहरूका लागि यो परिणाम अप्रत्याशित देखिएको उहाँको धारणा थियो।

निर्वाचन परिणामले पुराना दलहरूको हैसियत झण्डै उस्तै देखिएको उहाँको भनाइ छ। साथै उहाँले हाल निर्वाचित भएर आएका रास्वपाका सांसदहरूले देश र जनताको हितमा कस्तो काम गर्छन् भन्ने विषयले आगामी राजनीतिक दिशालाई प्रभाव पार्ने बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस