
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ ३१ फागुन ।
पछिल्लो तीन दिनदेखि नेपालको गण्डकी, कोशी प्रदेशसम्म वर्षा भइरहेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार तर आजदेखि पश्चिम नेपालसम्म वर्षा विस्तार हुने जनाएको छ।
हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको र पूर्व केन्द्रित भएको वर्षा आइतबारदेखि प्रणालीको विकास भई पश्चिमी क्षेत्रमा विस्तार हुनेछ।
विभागकाअनुसार अबको तीन दिन मुलुकभर मौसम बदली रहेको जनाएको छ।
मौसम बिहानी पख खुलेजस्तो भए पनि विस्तारै दिउँसोदेखि मौसम बदली बढ्दै वर्षा हुनेछ। आजैदेखि पश्चिममा अर्को प्रणाली विकास हुने बताइएको छ । उच्च चापीय प्रणाली कमजोर हुने र न्यून चापीय प्रणालीका साथै पश्चिमी न्यून चापीय प्रणाली जोडिएर बदली गराउने हुंदा यसको प्रभावले हावाहुरी, चट्याङ र असिना पानी पर्ने सम्भमवना छ ।
विभागले शनिबार आइतवार लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने छ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको पनि जनाएको छ।
कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ।








प्रतिक्रिया दिनुहोस