
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२ चैत । ।
प्रधानमन्त्री सुशीला कार्कीमाथी जाँदाजाँदै जेनजीको आदर्शमाथि कुठाराघात गरेको आरोप लागेको छ ।
भावी प्रधानमन्त्री बालेन शाहको सिफारिसमा जेनजी आन्दोलनपछी देशको प्रधानमन्त्रीको जिम्मेवारी समहाल्दै कठिन परिस्थितिमा आम निर्वाचन २०८२ सफलता पुर्वक सम्पन्न गरी देश तथा विदेशबाट प्रशंसा पाउनु भएकी प्रधानपन्त्री कार्कीले जाँदाजाँदै आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई परम्पराविपरीत राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गरेपछि उहाँमाथी राजनीतिक वृत्तमा गम्भीर प्रश्न उठेको हो ।
यस्तै प्रधानमन्त्री कार्कीले नयाँ सरकारको क्षेत्राधिकारलाई नै अतिक्रमण गर्ने गरी राष्ट्रियसभाको सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्तिका लागी राष्ट्रपतिसमक्ष सिफारिस गरेको भन्दै यो विषयपनि विवादास्पद बनेको हो । निर्णयमा चुनाव सकिएलगत्तै आउने नयाँ सरकारले नै यस्तो निर्णय गर्न पर्नेमा पद हस्तान्तरणको मुखमै आएर यस्तो निर्णय लिएकोमा उहाँमाथी आरोप लागेको हो ।
निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै प्रशंसा कमाउँदै आउनु भएकी प्रधानमन्त्री कार्की जाँदाजाँदै यस प्रकारका विवादास्पद निर्णयका कारण नराम्ररी चुक्नु भएको भन्दै आइतबार सामाजिक सञ्जालमा समेत उक्त नियुक्तिलाई लिएर आलोचना भएको छ ।
सो सम्वन्धमा कार्की नेतृत्वको सकारको आइतबार अन्तिम मन्त्रिपरिषद् बैठक बसेको थियो । सोही अन्तिम बैठकमा आलोचित हुने गरी स्वार्थपरक निर्णय गर्नु भयो भन्दै उहाँमाथी आरोप लागेको छ ।








प्रतिक्रिया दिनुहोस