
नारी बाटिका
लगत्तै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको नेता चयन हुने भएका छन् । उनी संसदीय दलको नेता चयन भएलगत्तै प्रधानमन्त्रीमा नियुक्त हुने तयारीमा छन् ।
आम निर्वाचन सम्पन्न पछी रास्वपाले झण्डै दुई तिहाई सिट जितेपछी केही दिनदेखि पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनबीच निरन्तर छलफल भइरहेको छ ।
सोही छलफलबाट बालेनलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता बनाउने सहमति जुटेको रास्वपा स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार बालेन र रविले नयाँ सरकार सञ्चालनका लागि विस्तृत रोडम्याप र कार्ययोजना तयार गर्दै छन् ।
रास्वपाको नेतृत्वमा बन्ने अबको नयाँ सरकारको मुख्य चुनौति भने कै प्रभावकारी कार्यसम्पादन, सम्भावित मन्त्रीहरूको योग्यता, अनुभव र कार्यक्षमतासमेतको आधारमा मूल्यांकन हुनेछ ।
यस निर्वाचनमा आम नागरिकले खुशीले होस् या पखिन्छु र हेर्छु भन्ने उदेस्यले अत्याधिक मत दिएर रास्वपालाई एकलौटी रुपमा सरकार चलाउने जिम्मेवारी दिएकौ विश्लेषण गर्न सकिन्छ ।
सोही अनुसार प्रत्यक्षतर्फ निर्वाचित १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सांसदहरुको पृष्ठभूमि, दक्षता,पारदशिता र विशेषज्ञताको अध्ययन गरेर अनुभवमा आधारित मन्त्रिपरिषद् गठन भई भावी सरकारको संन्चालन भएमा आगमी सरकारबाट आम नागरिकले चाहेको सुशासन र भष्टचारमुत्त समाज बन्ने आशा गर्न सकिने अवस्था रहन्छ ।
निर्वाचनको काम सम्पन्न भएसंगै आयोगले यही चैत ५ गते निर्वाचनको सम्पूर्ण परिणाम सहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहेको छ । त्यसपछि बहुमत प्राप्त दल तथा संसदीय दलका नेता प्रधानमन्त्री नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
सोही अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बहुमत प्राप्त रास्वपाका संसदीय दलका नेता बालेनलाई संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको स्रोतको भनाई छ ।








प्रतिक्रिया दिनुहोस