आज: २०८२ चैत्र २, सोमबार | Mon, 16, Mar, 2026

दुई छोराछोरीसहित महिला भेरीमा बेपत्ता भएको आशंका

२०८२ चैत्र २, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) ३७३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सुर्खेत -२ चैत ।

सुर्खेतको भेरी नदीमा छोराछोरीसहित महिला बेपत्ता भएको आशंका गरिएको छ । वेपत्ता हुनेमा सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्ले ठेगाना भएकी ३८ बर्षीया माया कठायत, उनका ११ बर्षीय छोरी आशा र ५ बर्षीय छोरा दिपक कठायत बेपत्ता भएका हुन् ।

प्रहरीले उनीहरुको तिब्र रुपमा खोजी गरिएको छ । मायाका श्रीमान् भूपेन्द्र कठायतले तीनै जना आमा र बच्चाहरु घरबाट सम्पर्क विहीन भएको भन्ने खबर प्रहरीलार्इ दिएका थिए ।

मायाका श्रीमान् भूपेन्द्र कठायतले सोमबार बिहान ६ बजे प्रहरीलाई खबर गरेपछी उनीहरुको खोजी गर्ने क्रममा घरदेखि करिव ३ किलोमिटर दूरीमा पर्ने भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोवाइल फेला परेको प्रहरीले जनाएको छ ।

हाल भेरी नदीको आसपासको क्षेत्रमा प्रहरीले उनीहरुको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस