आज: २०८२ चैत्र ३, मंगलबार | Tue, 17, Mar, 2026

पोर्चुगलमा रहेका २५ सय नेपालीलाई देश छाड्न निर्देशन

२०८२ चैत्र ३, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) १५६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -३ चैत ।

पोर्चुगल सरकारले त्यहाँ रहेका २५ सय नेपालीलाई देश छाड्न निर्देशन दिएको छ । पोर्चुगल प्रशासनले धेरै नेपालीहरूको रेसिडेन्सी प्रक्रिया रोकेको छ र अहिले धेरै नेपालीहरूलाई देश छाड्न निर्देशन दिएको हो ।

हाल पोर्चुगलमा रहेका करिब २५ सय नेपालीहरुको नेपाली पुलिस रिपोर्ट प्रमाणीकरणसम्बन्धी कागजातमा नक्कली छाप प्रयोग भएको आशंकामा गम्भीर कानुनी समस्यामा परेको हुन् ।

त्यहाँ रहेका नेपालीले पोर्चुगलस्थित नेपाली दूतावासमा गई आफ्ना समस्याबारे धेरै पटक गुहार मागे पनि समस्याको समाधान हुन नसकेको बताएका छन् ।

त्यहाँ रहेको नेपालीका समस्याका बारेमा दूतावासले नेपाल सरकार वा परराष्ट्र मन्त्रालयलाई स्पष्ट जानकारी नगराएको उनीहरुको आरोप छ।

‘ नेपाल प्रहरीले जारी गरेको पुलिस रिपोर्टमा नक्कली स्टाम्प प्रयोग भएको विषयसँग सम्बन्धित छ। यसमा नेपालभित्रकै केही बिचौलिया तथा सम्भावित उच्चस्तरीय संलग्नता रहेको हुन सक्ने आशंका गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस