आज: २०८२ चैत्र ३, मंगलबार | Tue, 17, Mar, 2026

हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

२०८२ चैत्र ३, मंगलबार मा प्रकाशित ( २ घण्टा अघि) १२१० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सुर्खेत -३ चैत ।

दुई छोराछोरीसहित आइतबारदेखि हराएकी सुर्खेत गुर्भाकोट नगरपालिका(१२ पिप्लेकी माया कठायत र छोरी आशा कठायतको शव भेटिएको छ । तर उनका पाच वर्षीय नावालक छोरा दीपक कठायत भने अझै बेपत्ता छन् ।

आइतबार बिहानदेखी वेपत्ता भएका तिन आमाछोरामध्य ३८ वर्षीया मायाको सोही दिन बेलुका र ११ वर्षीया छोरी आशाको आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

मायाको शव लेकबेशी नगरपालिका(३ को पटारेमा र आशाको गुर्भाकोट(१३ मसानघाट नजिकै माछा पार्ने जालमा फेला परेको प्रहरीले जनाएको छ। मायाँका छोरा दीपक कठायतको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस