आज: २०८२ चैत्र ४, बुधबार | Wed, 18, Mar, 2026

७ देशको लागी श्रम स्वीकृति खुल्यो तर द्धन्दग्रस्त देशमा भने स्थगित

२०८२ चैत्र ४, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) ६५२ पटक पढिएको
नारी बाटिका


बिबियु,४ नारी वाटिका संवाददाता

धादिङ -चैत ।

सरकारले साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृति दिने निर्णय गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार श्रम मन्त्रालयले एक विज्ञप्ति जारी गरी ति देशबाट नेपाल आउन चाहने र बिदामा आएर फर्कन चाहने नेपालीलाई आफ्नो रोजगारदाता देशमा जाने बाटो खुला गरेको हो।

विगत करिव ३ सातादेखी पश्चिम एसियामा बड्दै गएको चरम युद्धका कारण ती देशमा जाने नेपाली श्रमिकहरुको नवीकरणसमेत रोकिएको थियो। तर इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा कार्यरत नेपालीलाई भने श्रम स्वीकृत रोकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस