
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ ६ चैत ।
नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएपछी आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक सुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनु भयो।
बैठकमा सभापति थापाको राजीनामा पछिल्लो देशको राजनीतिक अवस्था, प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयको विषयमा मुख्य छलफल हुने बताइएको छ।
सभापति थापाले निर्वाचनमा पार्टीले बेहोर्नु परेको हार निर्वाचनअघि र ,हालको समसामुहिकलगायतमा आफ्नो नैतिक जिम्मेवारी लिँदै उहाँले बुधबार उपसभापति शर्मालाई राजीनामा बुझाउनु भएको थियो ।
सभापतिले राजीनामा उपसभापतिलाई बुझाउनुपर्ने र उपसभापतिले केन्द्रीय कार्यसमिति बैठकमा त्यसलाई प्रस्तुत गर्नुपर्ने व्यवस्था पार्टी विधानमा भए बमोजिम नै यस बैठक बोलाइएको हो भने बैठकको प्रारम्भमा सभापति थापाको राजीनामामाथि छलफल गरेर टुंगोमा पुगिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिनु भयो।
सिङ्गो केन्द्रीय कार्यसमितिले सर्वसम्मतिबाट थापाको राजीनामा अस्वीकृत गर्ने सम्भावना देखिएको छ । तर निर्वाचनमा पार्टीले जुन लक्ष्यसहित चुनावी मैदानमा होमिएको थियो । तर त्यसविपरित आएको परिणामले सभापति थापाले आफ्नो नैतिक जिम्मेवारी रहेको महसुशका साथ राजिनामा दिनु भएकोले उहाँले आफ्नो राजीनामामा पार्टीले गरेको अस्वीकारलाई कसरी लिनु हुन्छ त्थो भने बैठकपछी भन्न सकिएला……
पार्टी र आफू स्वयंले निर्वाचनमा हार व्यहोरेपछि नै सभापति थापाले राजीनामा दिने मनस्थिति बनाउनु भएको थियो । उपसभापति शर्मासँग २५ फागुनमा भएको भेटमै थापाले राजीनामा दिने जानकारी दिनु भएको थियो । त्यसपछि शर्माले नै थापाको राजीनामा रोक्नु भएको थियो ।
पूर्वसभापति देउवा पक्षका केही नेताले भने चुनावमा अपेक्षित परिणाम नआएपछि नैतिकताको प्रश्न उठाउँदै सामाजिक सञ्जालमा थापाको राजीनामा माग्दै आएका छन् । तर देउवा पक्ष कै कतिपय नेताले सभापति थापालाई राजीनामा नदिई पार्टीलाई एकसाथ अघि बढाउँदै विशेष महाधिवेशनको तयारीमा जुट्न सुझाव दिएका छन् ।








प्रतिक्रिया दिनुहोस