आज: २०८२ चैत्र ६, शुक्रबार | Fri, 20, Mar, 2026

माध्यमिक शिक्षा परीक्षा (एसइई) को लागी १‚९७० परीक्षा केन्द्र निर्धारण

२०८२ चैत्र ६, शुक्रबार मा प्रकाशित ( १ घण्टा अघि) १०५५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ –  ६ चैत ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)यही चैत १९ गतेदेखी २९ गतेसम्म सञ्चालन हुंदैछ। एसइई यही चैत १९ देखि २९ गतेसम्म सञ्चालनको लागी तयारी भइ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

परीक्षा नियन्त्रण कार्यालयका सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार बागमती प्रदेश र मधेश प्रदेशबाहेक सबै जिल्लामा एसइई प्रश्नपत्र पनि सुरक्षित ढंगले पुर्‍याइसकिएको बताएकी छन्।

साथै पठाउन बाँकी यी प्रदेशमा पनि केही दिनमै एसइई प्रश्नपत्र पुग्छ, परीक्षा केन्द्र पनि तोकिसकिएको छ। त्यसैले समग्र एसइई परीक्षा तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ।’

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का महासचिव आरबी कटवालका अनुसार अधिकांश विद्यालयले परीक्षा तयारीकै लागि बिदा दिएका छन्। देशभरमा एसइई परीक्षाको लागि १ हजार ९७० वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा(१० का सूचना अधिकारी मरासिनीले भनिन्, ‘एसइई परीक्षाको लागि देशभर १९७० परीक्षा केन्द्र तोकिएको र गैर आवाशीय नागरिकका लागी जापानमा १ वटा परीक्षा केन्द्र तोकिएको छ।

यसका लागी परिक्षा बोर्डले बिहीवार जारी सूचनामा , ‘माध्यमिक शिक्षा परीक्षा कक्षा १० का लागि जिल्ला परीक्षा समन्वय समितिबाट निर्णय गराई यस कार्यालयमा पठाइएका परीक्षा केन्द्रहरूको विवरण सम्बन्धित सरोकारवालाहरू सबैको जानकारीका लागि सम्बन्धित जिल्लाहरूको तहाँ एकाइबाटै प्रकाशित गर्नुहुन अनुरोध छ।’

सूचना अधिकारी मरासिनीका अनुसार यस वर्ष पाँच लाख ९ हजार ९ सय ६१ विद्यार्थीले परीक्षा दिँदै छन् । जसमा नियमित तर्फ, एनजी (फेल भएका) र पुराना गरी यस परीक्षामा पाँच लाख ९ हजार ९६१ जना विद्यार्थी सहभागी हुँदै छन्।

गत वर्ष एसइई परीक्षा चैत ७ गतेबाट सुरु भई १४ मा सकिएको थियो। जसमा कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। तर यस वर्षको परीक्षा तालिका अनुसार यही चैत १९ गते अर्थात् पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस