आज: २०८२ चैत्र १४, शनिबार | Sat, 28, Mar, 2026

एमालेका अध्यक्ष ओली पक्राउ गर्न गुण्डुमा प्रहरीको घेराउ

२०८२ चैत्र १४, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) ५९० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
भक्तपुर – १४  चैत ।

पुर्व प्रधानमन्त्री एवं नेकमा एमालेका अध्यक्ष केपी शर्मा वली पक्राउ पर्ने भएका छन् । भदौ २३,२४को जेनजी आन्दोलन दमन गरेको आरोपमा नवगठित सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पक्राउ गरी कारवाही गर्ने भएको हो।

मुलुकमा गठन भएको नयाँ सरकारको मन्त्रीपरिषद्को पहिलो बैठकले कार्की आयोगको प्रतिवेदनलाई कार्यन्वयन गर्ने निर्णय भएको थियो । सोही घटनाको सम्वन्धमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरी एक्सनमा उत्रिएको हो।

वलीलाई पक्राउ गर्न आज विहानै भक्तपुरस्थित वली निवास गुण्डुमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस